दफा ११घ
क्षतिपूर्ति सम्बन्धी व्यवस्थाः
११घ.१ कसैले बिक्री वितरण गरेको बीउ बिजनको गुणस्तर वा गलत सूचनाको कारणले कृषकलाई आर्थिक हानि नोक्सानी पुग्न गएमा मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन र सिफारिसको आधारमा सम्बन्धित पक्षले कृषकलाई वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति दिनु पर्नेछ।
११घ.२ उपदफा ११ घ.१ बमोजिमको हानि नोक्सानीको मूल्याङ्कन गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको मूल्याङ्कन समिति रहनेछः- आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लाग्‌ हनेछ।
(क)।केन्द्रको प्रमुखले तोकेको अधिकृत - संयोजक
(ख)कृषि सम्बन्धी विषय हेर्ने जिल्लास्तरको कार्यालयको प्रमुख: - सदस्य
(ग) सूल्याङ्कन समितिले तोकेको कृषि विज्ञ - सदस्य
(घ) नेपाल कृषि अनुसन्धान परिषद्को वैज्ञानिक - सदस्य
(ङ) सम्बन्धित गाउँपालिका/: नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत - सदस्य ।
११घ.३ उपदफा ११घ.२ बमोजिमको सूल्याङ्कन समितिले आर्थिक हानि नोक्सानीको मूल्याङ्कन गर्दा जग्गाको उत्पादकत्व, . बीउ बिजनको सिफारिस गुणस्तर, कृषि कार्यको: लागि भएको खर्च, उत्पादनमा आएको कमी तथा सो समितिले आवश्यक ठानेको अन्य आधारमा समेत मूल्याङ्कन गरी उपदफा ११घ.१ बमोजिम क्षतिपूर्तिको रकम सिफारिस गर्नु पर्नेछ।